मनोरञ्जन

खानामा बिष मिसाएर लता मंगेशकरलाई गरिएको थियो मार्ने प्रयास

खानामा बिष मिसाएर लता मंगेशकरलाई गरिएको थियो मार्ने प्रयास

एजेन्सी।  बलिउड गीत संगीतको क्षेत्रमा लता मंगेशकरको जुन स्थान छ त्यो स्थान सायदै अरु कसैले लिन सक्छ।  सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा लागेकी उनका लागि सुरुवाती समय औसत नै रह्यो तथापी पछि उनले जुन सफलता हासिल गर्न सफल भईन त्यो महिलाहरुका लागि नया कुरा थियो। 

सफल मान्छेको पछाडी खुट्टा तान्नेहरु धेरै भेटिन्छ भन्छन सायद त्यसैको उपज हुन सक्छ।  कुनै समय लतालाई  मार्नका लागि बिष समेत खुवाईएको थियो।  

त्यतिबेला उनि ३३ बर्षकी थिइन् होला एकदिन बिहान उठ्नासाथ उनलाई अचानक चक्कर लग्न थाल्यो र उनि हरियो वान्ता गर्न लागिन।  स्वास्थ्य नाजुक बन्दै गएपछि तत्काल डाक्टरलाई बोलाएर परिक्षण गर्दा उनलाई कसैले खानामा बिष मिलाएर दिएको तथ्य सार्वजनिक भएको थियो। 

उनलाई बिष खुवाउने आखिर को हुन भन्ने पत्ता लाग्न नसकेको भएता पनि उनि बिरामी पर्ने बित्तिकै उनका घरका कुक एकाएक घरबाट गायब भएका थिए।  

 

लता मंगेशकर

विशेष