अन्तरवार्ता भिडियो कभर स्टोरी

सरकार जुन दलको आएपनि दलाल चरित्र हावी (भिडियोसहित) 

सरकार जुन दलको आएपनि दलाल चरित्र हावी (भिडियोसहित) 

३२ वर्ष प्रहरी सेवामा बिताएका व्यक्ति हुन्– पूर्व डिआइजी विजय भट्ट । हाली उनी समाजसेवा र आध्यात्मिक चिन्तनमा लागेका छन् । राष्ट्रिय राजनीति र राष्ट्रिय अस्मितासंग जोडिएका कतिपय विषयले पिरोल्न थालेपछि उनी सडकमा आयोजना हुने विभिन्न प्रदर्शनमा समेत सहभागी हुने गर्दछन् । 
यसपटक भारतको नक्शामा नेपाली भूमि गाभिएको विषयले उनलाई जति पिरोलेको छ त्यो भन्दा बढी यहाँका राजनीतिक दल र नेताहरुको अभिव्यक्तिबाट उनी आक्रोशित छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा राजा महेन्द्रले बेचेको अभिव्यक्ति नेताहरुका मुखबाट सुनेपछि उनी आश्चर्यचकित परेका छन् । 

उनी भन्छन्, ‘राजालाई दोष दिनु प्रोपोगण्डा मात्र हो । यो सबै आफनो कमजोरी ढाकछोप गर्न गरिएको प्रपञ्च मात्र हो । राजा महेन्द्र मात्र होइन ०४६ सालसम्म पनि मुलुकको राष्ट्रिय अस्मिता जोगिएको थियो । राजाको शासनकालमा छिमेकीहरुसंग सन्तुलित सम्बन्ध मात्र होइन, कतिपय मुद्दामा नेपालसामु झुकेको अवस्था पनि थियो । अहिले नेताहरुमा इमान्दारी देखिएन । ’

">

चाहे भारत होस वा चीन  जोसंग भएपनि सीमा विवाद हल गर्ने यो उपयुक्त अवसर हो । यो विवाद हल गर्न यो कर्मचारी वा सचिवस्तरीय समिति वा प्रबुद्ध समूहको प्रतिवेदनबाट हल हुने विषय होइन । साँचो अर्थमा समाधान खोज्ने हो भने प्रधानमन्त्री तहमै छलफल भएर टुंगोमा पुर्याउनु पर्छ । दुवै देशका प्रधानमन्त्रीबीच सघन छलफल  भए त्यसले केही निकास देला, बाँकी सब हल्ला मात्र हुन् । 

सरकारमा जुनसुकै दल आएपनि त्यो दलाल चरित्रको देखिन्छ । भारत, चीन वा अमेरिका कसैको विरोध गर्दा आफनो सत्ता गुम्छ कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । अहिले पनि सीमा विवादबारे सरकार खुलेर बोल्न नसक्नुको कारण सत्ता ढल्छ कि भन्ने भय हो । अहिले नेपालमा भ्रष्टाचार मात्र छ । जसले शून्य सहनशीलता भनिरहेको हुन्छ,  भित्रभित्रै उसैले भ्रष्टाचारमा पूर्ण सहनशीलताको नीति लिइरहेको छ । स्थानीय तहदेखि प्रदेश केन्द्र सबैतर्फ भ्रष्टाचारै भ्रष्टाचार छ । भ्रष्टाचार अन्त्यको प्रयास कहिँबाट पनि भएको छैन । 

प्रधानमन्त्रीका सल्लाहकारदेखि ठूलाठूला आयोजनाका परामर्शदाता भनिने सबै बिचौलिया हुन् । यीनको काम भनेको कमिशन उठाउने मात्र हो । मनाङमा जनताका लागि अस्पताल बनाउन चीनसंग ४० करोड माग्ने यता आफना लागि  बालुवाटार र सिंहदरवारमा करोडौंको भवन शिलान्यास गर्ने । जनतालाई प्राथमिकता कहिले दिए ? जहिले आफूलाई मात्र सुविधा ? राज्यका सबै निकाय र आयोजनामाथि नियन्त्रण जमाएका छन् । रकम उठायो, आपसमा बाँड्यो, खायो । काम गर्नु पर्दैन । राजनीतिक परम्परा र संस्कार यही देखियो । यसरी कसरी हुन्छ ? 

एनसेलबाट ६२ अर्ब उठाउने कि मिनाह गर्ने ? दलका शीर्ष नेतादेखि राज्य सत्ताका सबैलाई एनसेलले किनेको छ । भ्रष्टाचार, अपराधजन्य गतिविधिमा संलग्न सबैलाई संरक्षण दिइएको छ । सुडानकाण्डदेखि अफताव आलम काण्डसम्म सबैमा प्रहरीको संग्लग्नता देखिन्छ । सत्य सेवा सुरक्षणम को कशम खाएको प्रहरी नै यस्तो भएपछि कसलाई विश्वास गर्ने ? 

">

अहिले त नेपालमा सबै ठगैठग । यहाँ हरेक मानिस ठगेर एकै दिनमा करोडपति बन्न सक्छ । देशका अधिकांश मानिसहरु ठगी धन्दामा लागेका छन् । अनुगमन र नियमन गर्ने निकाय पनि अपराधमै लागेका छन् । परिवर्तन कसरी ? देशमा विदेशी चलखेल निकै बढेको छ । भारत, चीन, अमेरिका, युरोपियनका गतिविधि थामी नसक्नुका छन् । अझ पश्चिमा गतिविधि त झन् हानिकारक छन् । हिजो पश्चिमाहरुकै कारण मुलुकमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता आयो । उनीहरु यहाँ जातीय नारा उछालेर अझै अशान्ति मच्चाउन तल्लिन छन् । नेपालका लागि ‘इण्डो वेष्ट’ हानिकारक भएकाले यसबाट सतर्क हुन जरुरी छ । 

‘मौसममा ऋतु परिवर्तन जस्तै नेपालको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको ऋतु परिवर्तन हुँदैछ । यसको अर्थ गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अन्त्य हुने स्थिति देखा परिसक्यो । यो राजनीतिक परिवर्तनले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने छ । ’ भट्टको दावी छ । 

">

राजा प्रधानमन्त्री सल्लाहकार

विशेष