खेल

सेन्ट्रल जोन भलिबल : नेपाल फाइलनमा 

सेन्ट्रल जोन भलिबल : नेपाल फाइलनमा 

बंगलादेश । एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् । दुवै टिमले आजको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए ।

नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा कव्जा जमाउँदा समान खेलबाट माल्दिभ्सले ८ अंक बनाएको थियो । माल्दिभ्सले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा अंक बाँडन पुगेको थियो ।

नेपालले भने अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्सबिच भोलि फाइनल खेल हुनेछ ।

विशेष