राशिफल

कात्तिक २७ गते बुधवार तपाईका लागि कति शुभ रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक २७ गते बुधवार तपाईका लागि कति शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २७ गते बुधवार, तदअनुसार सन् २०१९ नोभेम्बर १३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । माताको तर्फबाट बिशेष सहयोग मिल्नेछ।  

वृष–

प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । लामो समयदेखि रोकिएर रहेको कामहरु बन्ने छ।  यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।

मिथुन–

आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।

कर्कट–

गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।  अनावश्यक क्षेत्रमा खर्च बढ्नाले आर्थिक मन्दीले सताउन सक्नेछ।  

सिंह–

दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ।  आर्थिक कारोवारका लागि समय सुखद नै रहेको छ।  

कन्या–

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम सम्बन्ध प्रगाढ भएर जानेछ।  मनोरञ्जनमा भुलिने समय छ ।

तुला–

लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । पारिवारिक असमझदारी बढ्ने छ।  

वृश्चिक–

पढाइमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । सुख उखामा साथ दिनेहरु प्रसस्तै भेटिने छन।  

धनु–

लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । धार्मिक कार्यमा मन जानेछ।  आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।

मकर–

प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । नोकरीमा पदोन्नतीको समभावना रहेको छ।  

कुम्भ–

ब्यज्पर व्यवसायको क्षेत्र सामान्य रहको छ।  समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला ।

मीन–

शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ ,पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ । परिवारमा सुख शान्ति प्राप्त हुनेछ।  

 

 

आजको राशिफल

विशेष