मनोरञ्जन

प्रेमी उदितसंग फागुनमा विवाह बन्धन बाँधीदै आंचल शर्मा

प्रेमी उदितसंग फागुनमा विवाह बन्धन बाँधीदै आंचल शर्मा

काठमाडौँ।  कलाकारहरुको प्रेम सम्बन्ध अनि विवाहको गसिप समय समयमा बजारमा आइरहेको हुन्छ।  उसो त अब लगनको महिना पनि लाग्ने लागेको छ।  केहि कलाकर्मीहरु वैवाहिक बन्धनमा बाँधिने सुरमा छन।  त्यस्तै अभिनेत्री आंचल शर्माले पनि आउदो फागुनमा प्रेमी उदिप श्रेष्ठका साथमा लगनगाँठो कस्ने खबर बाहिरिएको छ।  

 १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिएका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको अहिले गहिरो प्रेममा छन।  उनीहरुले सार्वजनिक रुपमै  प्रेम स्विकारीसकेका छन। यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारीमा रहेका छन।  

 अभिनेत्री आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले फागुणमा आफूहरुले बिहे गर्ने जानकारी दिएकी छिन् । ‘हामीले फागुणमा बिहे गर्ने तयारी गरेका छौ । कुन दिन बिहे हुन्छ पक्का भएको छैन ।’ आँचलले भनिन। 

कामको कुरा गर्दा  शर्माले अहिले चलचित्र ‘झिंगे दाउ’ साइन गरेर बसेकी छिन् । उनले, बिहे अगाडि पनि यदि कुनै राम्रो स्क्रिप्टमा अफर आएको खण्डमा काम गर्ने गर्ने बताइन् ।

आचल शर्मा

विशेष