खेल

नेपाललाई महिला भलिबलमा पहिलो पटक उपाधि

नेपाललाई महिला भलिबलमा पहिलो पटक उपाधि

काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन सिपको उपाधि जितेको हो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

लिग चरणको अन्तिम खेलमा बुधबार पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणमा कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो ।

नेपालले यो प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि जितेको हो । अहिलेसम्म नेपाली महिला भलिबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको थिएन ।
 

विशेष