राशिफल

कात्तिक २८ गते बिहीवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक २८ गते बिहीवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २८ गते बिहीवार, तदअनुसार सन् २०१९ नोभेम्बर १४ तारिख,तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष–

सजिलै अरुको बिश्वास जित्न सजिलै सकिनेछ । आर्थिक लाभको सम्भावना ज्रहेको छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  गरेको कामबाट फाइदा नै हुनेछ ।

वृष–

सुखद यात्राको सम्भावना रहेको छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ । व्ब्यपर व्यवसायबाट पनि राम्रै फाइदा उठाउन सकिने छ।  

मिथुन–

हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । बिश्वासपात्रबाट धोका पाइने छ।  

कर्कट–

नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । पठन पाठनको क्षेत्रमा भने राम्रै सफलता मिल्नेछ।  

सिंह–

सोच्ने शक्ति बढने छ । कुरा काटनेहरु प्रसंशा गर्न थाल्ने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ । मान सम्मान पाइने छ।  

कन्या–

परिश्रमले धेरै काम बन्नेछ।  मनग्य धन लाभ हुनेछ। भाग्योदयको सम्भावना रहेको छ।  

तुला–

अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ।  यात्रामा पनि सावधान रहनु पर्ने छ। धर्मकर्ममा मन जानेछ।  

वृश्चिक–

मान-प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्।   नसोचेको सम्मान मिल्ने दिन छ।  समग्रमा तपाईका लागि आजको दिन सुखद रहेको छ।  

धनु–

अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ।  निकरिमा पदोन्नतीको सम्भावना रहेको छ। 

मकर–

व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । सामाजिक एवम धार्मिक कार्यमा मन जानेछ।  

कुम्भ–

बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला।  पुराना रोग बल्झिन सक्छ अलि सचेत रहनु पर्नेछ।  
मीन–

विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।  आर्थिक लाभ हुनेछ। पारिवारिक माहोल सुखद रहने छ।  

 

#आजको राशिफल

विशेष