खेल

भलिबलमा सफलता क्रिकेटमा पराजय

भलिबलमा सफलता क्रिकेटमा पराजय

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो ।

बंगलादेशको कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा शनबिर सिंह र अर्मान जाफरले अर्धशतक पूरा गरे । भारतविरुद्ध नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाएको थियो । नेपालका लागि पवन शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे । जसमा शर्राफले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो । 

यसअघि आजै नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । आज भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपालले च्याम्पियनसिपको उपाधि जितेको हो । 

विशेष