१२ तस्वीरमा हेर्नुहोस प्रियंका–निकको २ अर्ब ३० करोड बढी मुल्यको नयाँ घर

एजेन्सी । नव विवाहित जोडी अमेरिकन गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाले नयाँ घर किनेका छन् । यो जोडीले अमेरिकाको लस एन्जल्समा नयाँ घर किनेको हो । घरको मूल्य २० मिलियन डलर रहेको छ जसको मुल्य नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा बढी हुन्छ ।
घर २० हजार स्क्वायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । घरमा स्वीमिङ पुल पनि छ । साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ ।