इमर्जिङ एसिया कपमा आज नेपाल र भारत खेल्दै

काठमाडौंः एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज भारतविरुद्ध पहिलो खेल खेल्दैछ ।
बंगलादेशमा आयोजना भएको प्रतियोगिता अन्तर्गत भारत र नेपाल बीचको खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।
नेपाल भर्सेस भारत एसीसी इमर्जिङ एसिया कप