खेल

इमर्जिङ एसिया कपः भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

इमर्जिङ एसिया कपः भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको इमर्जिङ एसिया कप अन्तर्गत लिग चरणको पहिलो खेलमा भारतविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल–भारतबीचको खेल नेपाली समयअनुसार बिहान ८ः४५ बजेदेखि सुरु हुँदैछ । 

नेपाली प्लेइङ ११ मा युवा ब्याट्सम्यान कुशल भुर्तेल डेब्यू गरेका छन् । उनी कप्तान ज्ञानेन्द्र मल्लको साथ ओपनरमा आउने छन् ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।  प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।

भारतविरुद्ध नेपालको प्लेइङ ११ः 

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी

शरद भेषावकर
सोमपाल कामी

करण केसी
विनोद भण्डारी

ललित नारायण राजवंशी
पवन सरार्फ 
सुसन भारी

आरिफ शेख
कुशल भुर्तेल

भारत भर्सेस नेपाल इमर्जिङ एसिया कप

विशेष