मुख्य समाचार

आलमको थुनछेक बहस जारी, साधारण तारेखमा रिहा गर्नुपर्ने माग

आलमको थुनछेक बहस जारी, साधारण तारेखमा रिहा गर्नुपर्ने माग

गौरः विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको मुद्दाको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस जारी रहेको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

आलमको तर्फका कानून व्यवसायीहरुले सनाखत मुचुल्का, खान तलाशीको कानूनी प्रक्रिया अनुसार नरहेको, प्रमाण संकलनको श्रोत कानून विपरित रहेको भन्दै उनीहरुले यस्तो आधारहिन प्रमाणले मुद्दा चलाउन नसक्ने दावी गरे ।

नेपाल सरकारले पेश गरेको अभियोग पत्र आधारहिन रहेकोे आरोप लगाउँदै बम पड्केको, मान्छे मरेको पुष्टि हुँदैन भन्दै उनीहरुले राजनीतिक प्रतिस्पर्धा गर्न नसकी मुद्दा हालेकाले पूर्वमन्त्री आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

पूर्वमन्त्री आलमको तर्फबाट बुधवार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता संजिवकुमार मल्लिक, लालबाबु राय यादव तथा अजय पटेल गरी ४ जना कानून व्यवसायीहरुले बहस गरेका थिए । आलमको तर्फबाट १३ जना वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले बहस गरी सकेका छन् ।

यसअघि बहसमा सरकारी तथा जाहेरीवालाका वकिलहरुले मिसिलमा रहेको प्रमाणहरुले घटनामा आलमको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको भन्दै आलमलाई थुनामा राख्न माग गरेका थिए । 

पूर्वमन्त्री आलमको तर्फका वकिलहरुको बहस सकिएपछि सरकारी वकिलले संक्षिप्त जवाफ दिने छन् । त्यसपछि आलमलाई मुद्दा पूपक्र्षको सिलसिलामा थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने आदलतले आदेश गर्नेछ ।

मोहम्मद आफताब आलम थुनछेक बहस रौतहट साधारण तारेख

विशेष