स्वास्थ्य

लसुनको चिया मौसमी रुघाखोकीका लागि अति नै फाइदाजनक, जान्नुहोस

लसुनको चिया मौसमी रुघाखोकीका लागि अति नै फाइदाजनक, जान्नुहोस

चिया खाने प्रवृत्ति पछिल्लो समय बढ्दै गईरहेको छ।  बिहान,बेलुकी, राती जुनसुकै बेला पनि चियाको सेवन गर्न सकिन्छ।  यति मात्र होइन केहि केहि मानिसहरु त दिनमा १०/१५ कप चिया पिउन पनि पछि हट्दैनन।  उसो त जाडो महिनामा बढी जसो चियाको सेवन गर्न गरिन्छ। 

अन्य मौसमको तुलनामा जाडो मौसममा अलि बढी शारीरिक समस्या पनि निम्तने गर्छ जस्तै मौसमी रुघाखोकी।  यस्ता समस्याबाट छुटकारा पाउनका लागि सादा चिया पिएर त सम्भव छैन नै।  आज हामी तपाईलाई यसो चियाको बारेमा बताउन जादैछौ जसले तपाईलाई स्वस्थ राख्न मदत गर्ने छ।  

जाडोमा खोकी ,ज्वरो, निमोनिया हुने सम्भावना हुन्छ।  यस मौसमा फ्लुको खतरा पनि अधिक रहन्छ। सर्दीमा हुन सक्ने सामान्यदेखि जटिल समस्याका लागि लसुन,अदुवा, कालो नुन आदि भएको खानेकुराको सेवन गर्ने सल्लाह दिइने गरिन्छ।  खोकी र चिसोको लागि लसुनको चिया पिउनुलाई बढी फाइदाजनक मानिन्छ।  

लसुनको चियाले मुटु र ब्लड प्रेसरसम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउने केहि अध्ययनले बताएको छ।  यसको प्रयोग तौल घटाउनमा पनि गर्ने गरिन्छ।  यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई नियन्त्रण गर्न मदत गर्छ।  लहसुन वजाइनल इंफेक्शन, माउथ अल्सर र पेटको क्यान्सरका लागि पनि लाभदायक रहेको छ।  

लसुनको चिया अर्थात् गार्लिक टीलाई कफ र कोल्डबाट बच्ने पावरफुल टनिक मानिन्छ।  

कसरी बनाउने गार्लिक टी 

३-४ दाना लसुनलाई मह र निबुवासहित उम्लिएको पानीमा हाल्ने र ५ मिनेट जति मज्जाले उमाल्ने त्यसपछि  तयार भएको चियालाई छानेर सेवन गर्ने 

 

Garlic Tea

विशेष