खेल

इमर्जिङ एसिया कपः भारतविरुद्ध सस्तैमा गुमायो नेपालले ३ विकेट

इमर्जिङ एसिया कपः भारतविरुद्ध सस्तैमा गुमायो नेपालले ३ विकेट

काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा भारतविरुद्ध नेपालले ६० रन नबनाउँदै महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ ।  

नेपालले पहिलो विकेटका रुपमा पहिलो ओभरमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य, १७.४ ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई २८  र १९.१ ओभरमा आरिफ शेखलाई २ रनमा गुमाएको हो । खेल ५० ओभरकाे हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म नेपालले २० ओभरमा ३ विकेट गुमाएर ६० रन बनाएको छ । क्रिजमा अहिले शरद भेषावकर र दीपेन्द्रसिंह ऐरी छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।  प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।

भारतविरुद्ध नेपालको प्लेइङ ११ः 

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी

शरद भेषावकर
सोमपाल कामी

करण केसी
विनोद भण्डारी

ललित नारायण राजवंशी
पवन सरार्फ
सुसन भारी

आरिफ शेख
कुशल भुर्तेल

नेपाल भर्सेस भारत इमर्जिङ एसिया कप

विशेष