इमर्जिङ एसिया कपः भारतसँग नेपालको १०० रन पूरा
काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा भारतविरुद्ध नेपालले एक सय रन पूरा गरेको छ ।
नेपालले २८ ओभरमा ३ विकेट गुमाएर एक सय रन पूरा गरेको हो । नेपालले सय रन पूरा गर्दा महत्वपूर्ण ३ विकेट गुमायो ।
नेपालले पहिलो विकेटका रुपमा पहिलो ओभरमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य, १७.४ ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई २८ र १९.१ ओभरमा आरिफ शेखलाई २ रनमा गुमाएको हो । खेल ५० ओभरको हो ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म नेपालले २८ ओभरमा ३ विकेट गुमाएर १ सय २ रन बनाएको छ । क्रिजमा अहिले शरद भेषावकर र दीपेन्द्रसिंह ऐरी छन् ।
स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।
भारतविरुद्ध नेपालको प्लेइङ ११ः
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सरार्फ
सुसन भारी
आरिफ शेख
कुशल भुर्तेल