खेल

भारतविरुद्ध पवनको अर्धशतक, नेपाल २ सय रन नजिक

भारतविरुद्ध पवनको अर्धशतक, नेपाल २ सय रन नजिक

काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा भारतविरुद्ध नेपाली टिमका युवा अलराउन्डर पवन सरार्फले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले ७ चौका र २ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय अर्धशतक समेत हो । अरु अनुभवी ब्याट्सम्यान टिकेर नखेलिरहेको अवस्थामा पवनले भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । 

नेपालले सातौं विकेटका रुपमा ३७.२ ओभरमा सोमपाल कामीलाई २ रनमा गुमाउन पुग्याे । यसअघि नेपालले शरद भेषवाकरलाई ४४, दीपेन्द्रसिंह ऐरीलाई २४, विनोद भण्डारीलाई ५, कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य, कुशल भुर्तेललाई २८ र आरिफ शेखलाई २ रनमा गुमाइसकेको छ । खेल ५० ओभरको हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म नेपालले ४२.१ ओभरमा ७ विकेट गुमाएर १ सय ८०  रन बनाएको छ । क्रिजमा अहिले करण केसी र पवन सराफ छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।  प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।

भारतविरुद्ध नेपालको प्लेइङ ११ः 

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी

शरद भेषावकर
सोमपाल कामी

करण केसी
विनोद भण्डारी

ललित नारायण राजवंशी
पवन सरार्फ
सुसन भारी

आरिफ शेख
कुशल भुर्तेल

 

नेपाल भर्सेस भारत पवन सरार्फ

विशेष