खेल

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा 

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ‘पीएसएल’को ‘टी ट्वान्टी’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । उनी प्लाटिनम श्रेणीको ड्राफ्टमा परेका हुन । सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी परेका छन् ।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले पाँच जनाको नाम सिफारिस गरेपनि ड्राफ्टमा पर्ने लामिछाने एक्लो नेपाली खेलाडी हुन् । क्यानले विनोद भण्डारी, करण केसी, पवन सरार्फ, ललित राजवंशी र आरिफ शेखको नाम सिफारिस गरेको थियो ।

ड्राफ्ट डिसेम्बर पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङस, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् । लामिछानेले गत सिजन पनि लाहोर क्वालन्डर्सबाट पीएसएलमा सहभागिता जनाएका थिए ।

सन्दीप लामिछाने

विशेष