सेन्ट्रल जोन भलिबल : फाइनलमा नेपालले केहीबेरपछि प्रतिस्पर्धा गर्दै
बंगलादेश । एभिसी सेन्ट्रल जोन महिला भलिबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । नेपालले उपाधिका लागि आज नेपालले माल्दिभ्सँग प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा दिउँसो पौने तीन बजे सुरू हुनेछ ।
नेपाल समूह चरणको शीर्ष स्थानमा रहँदै उपाधि दौडमा बढेको हो । समूह चरणमै सोझो सेटमा पराजित टिमसँग फाइनल खेल हुने भएकाले नेपालले उपाधि जित्ने अनुमान गरिएको छ ।
छनौट चरणमा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेशलाई पनि हराएको थियो । प्रतियोगितामा अपराजित रहँदै आएको नेपाल पहिलो संस्करणको उपाधि जित्ने दाउमा छ ।
सेन्ट्रल जोन महिला भलिबल एभिसी सेन्ट्रल जोन महिला भलिबल