मनोरञ्जन

रणवीर-दीपिकाको विवाहको आज एक वर्ष पूरा, हेर्नुहोस यी दुईका केहि तस्बिर (फोटोफिचर)

रणवीर-दीपिकाको विवाहको आज एक वर्ष पूरा, हेर्नुहोस यी दुईका केहि तस्बिर (फोटोफिचर)

एजेन्सी।  बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाह भएको आज एक बर्ष पुरा भएको छ।  लुक्स र अभिनयका कारण धेरैको मन जित्न सफल दीपिकाको नाम बलिउडका केहि अभिनेताहरुसंग पनि नजोडिएको भने होइन।  तर पनि उनले रणवीरलाई नै किन रोजिन।  

चलचित्र 'गोलियों की रासलीला रामलीला' को सुटिंग सेटमा भेटिएका रणवीर दीपिका त्यसपछि नजिकिन थाले।  ६ बर्षको लामो प्रेम सम्बन्धलाई यी दुईले अन्तत पछिल्लो वर्ष विवाहमा परिणत गरेका हुन्।  

भनिन्छ यी दुईको प्रेम कहानी कुनै चलचित्र भन्दा कम छैन।  

दीपिका स्वयंले स्वीकार गरेकै कुरा हो जब उनि डिप्रेसनको शिकार हुन पुगेकी थिइन् तब रणवीरले उनलाई हमेशा साथ र सपोर्ट गरेका थिए।  

रणवीर दीपिका यतिबेला पुर्व क्रिकेटर 'कपिल देव' को बायोपिक '८३' को सुटिंगमा ब्यस्त रहेका छन। 

जहाँ दीपिकालाई रणवीरको श्रीमतीको भूमिकामा देखिदै छ। 

यस पश्चात दीपिका, नितेश तिवारीद्वारा निर्देशित पौराणिक धार्मिक ग्रन्थ रामायणमा आधरित एक फिल्ममा देखिदै छिन।  

जुन चलचित्र बलिउडको सर्वाधिक महँगो र 3D हुने बताईएको छ।  

 

 

 

 

 

 

रणवीर सिंह दीपिका पादुकोण

विशेष