खेल

टी–१० का लागि पारस र सन्दीप यूएईमा, पारसको टिमको खेल आज

टी–१० का लागि पारस र सन्दीप यूएईमा, पारसको टिमको खेल आज

काठमाडौंः आजदेखि सुरु हुन लागेको टी–१० लिगका लागि नेपाली क्रिकेट टिममा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने यूएई पुगेका छन् ।  

पारसआवद्ध टिम आबुधावीले आज पहिलो खेल खेल्दै छ । समूह ‘बी’ मा रहेको आबुधावीले पहिलो खेलमा कलन्दर्सको सामना गर्दैछ ।

पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा रहेका पारस दुई दिन अगाडि टिमको प्रशिक्षणमा समावेश भएका थिए । उनले यो प्रतियोगिताका लागि उत्साहित रहेको धारणा राखेका थिए ।

पारसको टिममा मोइन अलि कप्तान रहेका छन् । यता कलन्दर्सको नेतृत्व पाकिस्तानी क्रिकेट टिमका पूवकप्तान शाहिद अफ्रिदीले सम्हाल्दै छन् ।  आवुधावी र कलन्दर्सबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजेपछि सुरु हुनेछ ।

यस्तै यो संस्करणको टी–१० मा अर्का नेपाली क्रिकेटर सन्दप लामिछाने कर्नाटका टसकसबाट खेल्दै छन् । उनले कर्नाटकले पहिलो चरणमै लिएको थियो । हासिम आम्ला मार्की खेलाडी रहेको कर्नाटकाले पहिलो चरणमै लिएकाले सन्दीपले ४५ हजार डलर पारिश्रमिक पाउने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता अनिवार्य सदस्य बनिसकेका सन्दीप अघिल्लो सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

टी–१० क्रिकेट लिग सन्दीप लामिछाने पारस खड्का

विशेष