खेल

टी–२० सिरिजः अफगानिस्तानविरुद्ध वेस्ट इन्डिज विजयी

टी–२० सिरिजः अफगानिस्तानविरुद्ध वेस्ट इन्डिज विजयी

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अफगानिस्तान ३० रनले पराजित भएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ६५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो ।

उसका लागि नजिबुल्लाह जर्दानले २७, अश्घर अफगानले २५, हजरतुल्लाह जजाईँले २३, फरिद अहमदले नटआउट २४ रन बनाए ।

बलिङमा वेस्ट इन्डिजका केस्रिक विलियम्सले ३, कप्तान किरण पोलार्ड, हेडन वाल्सले २–२, सेल्डन कोट्रेल र जसन होल्डरले एक–एक विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

उसका लागि ओपनर इभन लुईसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६ छक्का र ४ चौकाको मद्दतमा ४१ बलमा ६८ रन बनाए ।

यस्तै शिमरोन हिटमायरले २१, दिनेश रामदिनले २०, कप्तान किरण पोलार्डले नटआउट ३२, शेरफन रदरफोर्डले ९ रन बनाए ।

बलिङमा अफगानिस्तानका गुल्बदीन नाइबले २, राशिद खान, नवीन उल हक र मुजीउर रहमानले एक–एक विकेट लिए । यो हारसँगै अफगानिस्तान तीन खेलको सिरिजमा १–० ले पछि परेको छ ।

टी–२० क्रिकेट सिरिज वेस्ट इन्डिज भर्सेस अफगानिस्तान

विशेष