यू–१९ च्यालेन्जर्सः भारतविरुद्ध पहिलो जितको खोजीमा नेपाल

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारत ‘बी’ सँग खेल्दै छ ।
सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः१५ बजेदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।
एकदिवसीय क्रिकेट भारत भर्सेस नेपाल यू–१९ च्यालेन्जर्स