आज पनि नेपालको खराब ब्याटिङ, सस्तैमा गुम्यो पहिलो विकेट (स्कोरसहित)

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भारत ‘बी’ सँगको खेलमा पनि नेपाली युवा टिमले खराब सुरुवात गरेको छ ।
तेस्रो खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो विकेटका रुपमा लोकेश बमलाई सस्तैमा गुमाएको छ । उनी दोस्रो ओभरको अन्तिम बलमा ‘क्याच आउट’ भएका छन् । यो समाचार तयार पार्दा नेपालले ५.२ ओभरमा १ विकेट गुमाएर २० रन बनाएको छ ।
स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।
सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।
भारत भर्सेस नेपाल एकदिवसीय क्रिकेट