यस्ता समस्याहरुका लागि अति नै लाभदायक छ ग्रीन टि, जानिराखौं
पछिल्लो समय मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै नै सचेत हुन थालेका छन। नियमित खानपानदेखि शारीरिक ब्यायाममा बिशेष ध्यान सिन सकेको खण्डमा विविध स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ। यसैमा आज हामी एक यस्तो पेय पदार्थको बारेमा कुरा गर्न जादैछौं जुन स्वास्थ्यका लागि अति नै लाभदायक रहेको छ।
ग्रीन टि, बदलिदो जीवनशैली र कामका चापका कारण मानिसहरुमा बिगत केहि बर्ष अघिदेखि ग्रीन टि को सेवन गर्ने प्रचलन बढ्दै गईरहेको छ।
यस्ता छन ग्रीन टी पिउनुका फाइदाहरु ;
पाचन प्रक्रिया
शरीरको कार्य प्रणाली पाचनतन्त्रसंग सम्बन्धित हुन्छ। यदि पाचन प्रणालीमा समया आएको खण्डमा मानिसमा विभिन्न प्रकारका समस्याहरु निम्तन सक्छ। ग्रीन टी मा पाइने टी−ऑक्सीडेंट, भिटामिन बी, सी र ई ले पाचन प्रक्रियालाई नियमित गर्नमा प्रेरित गर्दछ।
मुलायम त्वाचा
सायदै कमैलाई मात्र थाहा छ ग्रीन टिमा एन्टी एजिंग तत्व पाइन्छ। यसको सेवनले छाला चाउरिने, छाला फुस्रो हुने जस्ता समस्याबाट बचाऊछ। तथापी यसको सेवनले शरीर स्वस्थ समेत रहन्छ।
मानसिक शान्ति
नियमित ग्रीन टिको सेवनले शारीरिक थकान र मानसिक तनावबाट पनि छुटकारा पाइन्छ। यसमा रहेको थेनाइन तत्वले शरीरमा उर्जा र स्फूर्ति ल्याउन मदत गर्छ।
रकताचाप नियन्त्रण
व्यस्त जीवनशैलीका कारण पछिल्लो समय धेरैजसोई मानिसहरु ब्लड प्रेसरको शिकार हुन थालेका छन। रक्तचाप शरीरका अन्य समस्याहरुको पनि कारक हो। त्यसैले यस्ता समस्या भएकाहरुका लागि ग्रीन टि को सेवन अति नै फाइदाजनक रहेको छ।
दाँतका लागि
ग्रीन टिमा पाइने कफिन तत्वले दाँतमा हुने क्याविटीबाट पनि छुटकारा दिन्छ।
ग्रीन टि