खेल

भारतविरुद्ध नेपाल दोहोरो शतक नजिक (स्कोरसहित)

भारतविरुद्ध नेपाल दोहोरो शतक नजिक (स्कोरसहित)

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भारत ‘बी’ सँगको खेलमा नेपाली युवा टिम २ सय रन नजिक पुगेको छ ।

नेपालल २ सय रन नजिक पुर्‍याउन कप्तान रित गौतमको भूमिका महत्वपूर्ण रह्यो ।

ओपनरसमेत रहेका उनले आज ८४ रन बनाए । रित अघिल्ला २ खेलमा सस्तैमा आउट भएका थिए ।

विकेट नेपालका अनुसार यो समाचार तयार पार्दासम्म नेपालले ४१.४ ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ ।

स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।

सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।

नेपाल भर्सेस भारत एकदिवसीय क्रिकेट

विशेष