मनोरञ्जन

फ्राइडे रिलिज: भुवन र रीमा स्टारर 'मिस्टर नेपाली'

फ्राइडे रिलिज: भुवन र रीमा स्टारर 'मिस्टर नेपाली'

काठमाडौँ।  फ्राईडे रिलिज अन्तर्गत आजबाट हलहलमा चलचित्र 'मिस्टर नेपाली' प्रदर्शनमा आएको छ ।  देव भुषालको लेखन तथा निर्देशन र  प्रेमराज दाहालको लगानीमा चलचित्रलाई तयार पारिएको हो । 

राष्ट्रियताको कथा उठान गरिएको चलचित्रमा  अभिनेता भूवन केसी, रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

रवि डंगोल र बिष्णु सापकोटाको कमेडीले भरपुर चलचित्रले बिहानी शो बाट औसतको व्यापार गरेको स्रोतले जनाएको छ ।  

 

मिस्टर नेपाली फ्राइडे रिलिज

विशेष