खेल

शतक बनाउन चुके कप्तान गौतम (स्कोरबोर्डसहित)

शतक बनाउन चुके कप्तान गौतम (स्कोरबोर्डसहित)

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भारत ‘बी’ सँगको खेलमा नेपाली युवा टिमका कप्तान रित गौतमले शतक बनाउन चुकेका छन् ।

ओपनरसमेत रहेका उनले आज ८४ रन बनाए । रित अघिल्ला २ खेलमा सस्तैमा आउट भएका थिए ।

विकेट नेपालका अनुसार यो समाचार तयार पार्दासम्म नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको छ ।

क्रिजमा अहिले शेर मल्ल (५) र आकाश चन्द (२) छन् ।

स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।

सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।

रित गौतम भारत भर्सेस नेपाल

विशेष