खेल

नेपालद्वारा भारतलाई २११ रनको लक्ष्य, कप्तान गौतमको उत्कृष्ट ब्याटिङ

नेपालद्वारा भारतलाई २११ रनको लक्ष्य, कप्तान गौतमको उत्कृष्ट ब्याटिङ

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा टिमले भारत ‘बी’लाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएका भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १० रन बनाए ।

नेपालक लागि कप्तान रित गौतमले उत्कृष्ट ब्याटिङ गरे । उनले १ छक्का र १२ चौकाको मद्दतमा ९३ बलमा सर्बाधिक ८४ रन बनाए । रित अघिल्ला २ खेलमा सस्तैमा आउट भएका थिए ।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकाश चन्दले १८, कुशल मल्लले १२, सागर ढकालले ९ र गौतम केसीले ५ रनको योगदान दिए ।

बलिङतर्फ भारतका दिभ्यांश जोशी र अथर्व विनोद अन्कोलेकरले २–२ विकेट लिए । यस्तै अकिव खान, विवेक कुमार र आरएम विष्नोईले एकएक विकेट हात पारे ।

पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।

सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।

नेपाल भर्सेस भारत एकदिवसीय क्रिकेट

विशेष