मनोरञ्जन

निमोनियाका कारण लता मंगेशकर ४ दिनदेखि अस्पताल भर्ना

निमोनियाका कारण लता मंगेशकर ४ दिनदेखि अस्पताल भर्ना

एजेन्सी।  पार्श्व गायिका स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ।  स्वास्थ्यमा पूर्ण रुपमा सुधार आउन अझै केहि दिन लाग्ने भएपनि क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले जनाएको छ ।  

निमोनिया र स्वासप्रस्वासमा समस्यादेखिपछि लता चारदिन देखि अस्पताल भर्ना भएकी हुन् ।  उनको आईसियुमा राखेर उपचार थालिएको छ ।  

बिहिवार राती लताको निधन भएको खबर बाहिरीएपछि उनको पारिवारिक स्रोतले खबर झुठो रहेको र उनको स्वास्थ्यमा क्रमश सुधार हुदै गएको जानकारी ट्वीटर मार्फत गराएका छन । साथै उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने प्रति पनि आभारी रहेको जानकारी दिएका छन ।  

९० बर्षकी लता बढ्दो उमेरसंगै देखिएको स्वास्थ्य समस्याले गर्दा केहिदिनदेखि अस्पताल भर्ना भएकी हुन् ।  लता मंगेशकर केहि भाषामा गीत समेत गाएकी छिन।  उनलाई 'स्वर कोकिला' को नामले पनि चिन्ने गरिन्छ ।   उनि बालक, बृद्धदेखि युवापुस्ताका माझमा पनि अति नै लोकप्रिय रहेकी छिन ।  

  

लता मंगेशकर

विशेष