खेल

भारतले पहिलो ओभरमै गुमायो विकेट (स्कोर बोर्डसहित)

भारतले पहिलो ओभरमै गुमायो विकेट (स्कोर बोर्डसहित)

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा टिमले दिएको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा भारत ‘बी’ले सस्तैमा पहिलो विकेट लिएको छ ।

भारतले पहिलो विकेटका रुपमा सिद्धेश अशोक वीरलाई १ रनमा पहिलो ओभरको पाँचौ बलमा गुमाएको हो । उनलाई आकाश चन्दले ‘क्याच आउट’ गराएका हुन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि टस हारेर ब्याटिङको मौका पाएका भारतले ४९।५ ओभरमा सबै विकेट गुमाएर २ सय १० रन बनाए ।

नेपालक लागि कप्तान रित गौतमले उत्कृष्ट ब्याटिङ गरे । उनले १ छक्का र १२ चौकाको मद्दतमा ९३ बलमा सर्बाधिक ८४ रन बनाए । रित अघिल्ला २ खेलमा सस्तैमा आउट भएका थिए ।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकाश चन्दले १८, कुशल मल्लले १२, सागर ढकालले ९ र गौतम केसीले ५ रनको योगदान दिए ।

लोकेश बम ५, तृतराज दास २, विशाल विक्रम केसी ३, अविषेक बस्नेत शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका दिभ्यांश जोशीले ३, अथर्व विनोद अन्कोलेकरले २, अकिव खान, विवेक कुमार र आरएम विष्नोईले एक–एक विकेट हात पारे ।

पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।

सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।

नेपाल भर्सेस भारत एकदिवसीय क्रिकेट विकेट

विशेष