राशिफल

कात्तिक ३० गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक ३० गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको ३० गते शनिवार,  तदअनुसार सन् २०१९ नोभेम्बर १६ तारिख, तपाईको लागि कतिको शुभ रहला ? हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसंशा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ ।

वृष–

आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।  शुभ समाचारले मन प्रफुल्लित हुने छ।  

मिथुन–

व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ ।  धर्मकर्ममा मन जानेछ ।  

कर्कट–

स्वास्थ्य समस्याका कारण खर्च बढ्न सक्नेछ ।   माता पिताको साथ मिल्नेछ ।  सिर्जनात्मक कार्यमा मन जानेछ ।  

सिंह–

पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।  स्वास्थ्य अनुकुल रहने छ । 

कन्या–

स्वास्थ्यमा समस्या देखिन सक्ने भएकालेखानपानमा अलि सजक रहनु पर्नेछ ।  आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ ।  छरछिमेकबाट सरसहयोग प्राप्त होला ।

तुला–

नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ ।  काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।  बिगतका सफलताले थप कार्य गर्न हौसला बढाउने छ ।  

वृश्चिक–

आगो तथा हातहतियारबाट एकदमै सावधान रहनु होला।   आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।  बन्धु बान्धवको साथ सहयोग मिल्नेछ।  

धनु–

जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । सहकर्मीको साथ र सहयोगको अभावमा अलि झमेला ब्यहोर्नु पर्नेछ।  

मकर–

अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भने खासै प्रगति हुने छैन । पारिवारिक महोल सुखमय रहला। 

कुम्भ–

लामो समयदेखि रोकिएर रहेका काम बन्नेछ ।  अवसरहरुले पछ्याउने छ। शत्रु परास्त भएर जानेछ ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ ।  कुराकाट्ने हरुको मुखबन्ध हुनेछ ।

मीन–

भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ।  परिवारिक झैँ झमेला देखा पर्नेछ।  इश्वर आराधना र भक्तिमा लाग्नाले बिशेष लाभ हुने देखिन्छ।   

#Daily Horoscope

विशेष