खेल

भारतीय पुर्वक्रिकेटर सचिन तेन्दुलकर काठमाडौँ

भारतीय पुर्वक्रिकेटर सचिन तेन्दुलकर काठमाडौँ

काठमाडौँ।  भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार राति नेपाल आइपुगेका हुन् ।

 तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै फर्कंदै छन् । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने, ‘नेपाल आउँदा निकै खुसी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् ।

उनीअघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । देव सन् १९९८ मा कीर्तिपुर मैदानमा भारतीय टेलिभिजन जी टिभीले आयोजना गरेको एक प्रतियोगिता खेल्न नेपाल आएका थिए । गवास्कर एक फरक कार्यक्रमका लागि नेपाल आएका थिए । 

त्यसपछि सन् २०१४ मा भारतीय राष्ट्रिय टोलीको कप्तान रहेकै वेला महेन्द्र सिंह धोनीले पनि नेपालको भ्रमण गरेका थिए । दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका छन् । तर, तेन्दुलकरलाई भने नेपाली समर्थकले काठमाडौंमा पहिलोपटक स्वागत गर्ने अवसर पाएका छन् । 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिपेन्द्र गुरुङले लेखेका छन।  

सचिन तेन्दुलकर

विशेष