स्वास्थ्य

अग्लो मानिसको तुलनामा होचो मानिसमा मधुमेहको खतरा बढी: अध्ययन

अग्लो मानिसको तुलनामा होचो मानिसमा मधुमेहको खतरा बढी: अध्ययन

परिवर्तित जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समय मानिसहरुमा मधुमेहको संक्रमण बढ्दो क्रममा रहेको छ।  जसले गर्दा यसको बारेमा दिनानुदिन  नयाँ नयाँ खोज तथा अध्ययन पनि भईरहेको छ।  हालै मात्र गरिएको एक अनुसन्धानमा कम उचाई भएको मानिसको तुलनामा बढी उचाई भएकाहरुमा मधुमेहको  खतरा कम हुने देखाएको छ।  उसो त यस्ता समस्याहरु पछिल्लो समय सामान्य जस्तै भईसकेका छन  जसले गर्दा आफ्नो स्वास्थ्य प्रति सचेत र सजक हुनु अति नै आवश्यक छ।  

अध्ययन अनुसार लामो कद भएका पुरुषमा ४१% र महिलामा ३३ % डायबिटीजको खतरा कम हुन्छ।  जान्नुहोस अरु के भन्छ त अध्ययन 

सोधकर्ताका अनुसार कम उचाई भएकाहरुमा टाइप 2 डायबिटीजको खतरा लिभरमा जम्मा भएको अधिक फ्याटका कारण हुने गर्छ। जसलाई 'डायबिटोलोजिया' नामक  जर्नलमा प्रकाशित गरिएको थियो।  कम उचाई भएकाहरुमा कार्डियो मेटाबोलिक रिस्क फ्याक्टर लेवल अत्याधिक  हुनका साथै डायबिटीजको खतरा पनि बढी हुन्छ।  

टाइप 2 डायबिटीजको मुख्य कारण मोटोपन हो।  यसका अलावा बोसो कोशिकाद्वारा एडिपोकाइनको उत्पादन मान्ने गरिन्छ।  
 

डायबिटीज

विशेष