राशिफल

यो साता तपाईको लागि कस्तो रहेको छ ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईको लागि कस्तो रहेको छ ? हेर्नुहोस साप्ताहिक राशिफल

कात्तिक ३० देखि मङ्सिर ६ गतेसम्मको साप्ताहिक राशिफल 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।  सोचे अनुरुपको काम बन्नाले मानसिक शान्ति प्राप्त हुनेछ। प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  अनावश्यक मनमुटाव हुन सक्छ अलि सजक रहनु पर्नेछ।  समग्रमा तपाईका लागि यो साता सुखद नै रहने छ।  

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ।  धन आर्जनका नयाँ स्रोतहरु खुलेर जानेछ।  व्यवसायिक यात्राको सम्भावना रहेको छ।  साताको अन्त्यमा धार्मिक यात्राको योग रहेको छ।  बिश्वास पत्रबाट धोका पाइने छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  कार्यमा सफलता मिल्नेछ।साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनु पर्नेछ।  

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सोचे अनुरुपको काम नबन्नाले दिक्क लाग्नेछ।  मालसामान हराउन सक्छ अलि सजक रहनु पर्नेछ।  दोधारे मनस्थितिका कारण उचित निर्णय लिन सकिने छैन।  शुभ समाचार सुन्न पाइने छ।  

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सवारी साधनको प्राप्ति हुनेछ।  रोजगारीका नयाँ अवसरहरु मिल्नेछ।  पढाइ लेखाइमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

प्रेम र मित्रताको बन्धन कसिने बेला छ।  आय आर्जनमा वृद्धि हुनेछ।  लगनशिलताले कामहरु अगाडी बढ्नेछन।दिगो फाइदा हुने काममा लगानी बढाउने समय रहेको छ।  साताको अन्त्यमा मनले चिताएको काम नबन्नाले अलि चिन्तित भइने छ।  

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ।  सोचेको काम बन्नाले मनमा उत्साह छाउने छ।  व्यापार व्यवसायबाट मनग्य फाइदा उठाउन सकिनेछ।  धार्मिक कार्यमा मन जानेछ। समग्रमा तपाईका लागि यो साता सुखद बित्नेछ।  

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

कामको उचित मुल्यांकन हुने छैन।  स्वास्थ्य कमजोर हुनेछ।  अनावश्यक क्षेत्रमा लगानी बढ्नेछ।  साताको मध्यबाट बुद्धिको उपयोले ग जटिल ठानिएको कामहरु  सम्पादन हुनेछन।  धार्मिक कार्यमा मन लगाउनाले बिशेष फाइदा हुनेछ।  

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

परिवारको साथ र सहयोग मिल्नेछ।  व्यवसायको सन्दर्भमा रमणीय यात्रा हुनेछ।  बुद्धिको उपयोगले जटिल काम पनि सजिलै सम्पादन भएर जानेछ।  बौद्धिक कार्यमा सफलता मिल्नेछ।  समग्रमा तपाईका लागि यो साता शुभ रहेको छ।  

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

प्रतिष्ठित व्यक्तिहरुसंगको सहकार्यले फाइदा मिल्नेछ।  विदेश यात्रा सुखद रहने छ।  आर्थिक कारोवार भने यो साता सकेसम्म नगर्दा नै राम्रो हुनेछ। साताको अन्त्यमा आफ्नो बचन पुरा गर्न नसक्दा मनमा खिन्नता जाग्नेछ।  

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

अधुरा रहेका कार्यहरु पुरा भएर जानेछन।  सामाजिक तथा सार्वजनिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्नेछ।  स्वास्थ्यमा समस्या देखिनेछ।   साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । कामको मुल्यांकन हुनेछ।  समग्रमा मीन राशिका लागि यो साता मध्यम रहेको छ।  


 


 


 

#Weekly Horoscope

विशेष