खेल

मध्यरात डिस्कोमा भेटिएपछि राष्ट्रिय टोलीका ४ खेलाडी बर्खास्त

मध्यरात डिस्कोमा भेटिएपछि राष्ट्रिय टोलीका ४ खेलाडी बर्खास्त

काठमाडौँ । अनुशासनहीन काम गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ । विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले बर्खास्त गरेको हो ।

बर्खास्तमा परेसँगै उनीहरुले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न पाउने छैनन् ।शनिवार भुटान जाने टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक डिस्कोमा गएको भेटिएपछि उनीहरुमाथि अनुशासनको कारबाही गरिएको हो । बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुँदा खेलाडीलाई सामान्य चोट समेत लागेको बताइएको छ । 

एन्फाले शनिवार नै उनीहरुको ठाँउमा चार नयाँ खेलाडीलाई भुटान पठाएको छ । नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर तीन गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । 

विशेष