खेल

टी–१० लिगमा आन्द्रे रसेलको टिमको लज्जास्पद हार

टी–१० लिगमा आन्द्रे रसेलको टिमको लज्जास्पद हार

काठमाडौंः यूएईमा जारी टी–१० लिगको दोस्रो दिनको तेस्रो खेलमा नर्थन वारियर्सले लज्जास्पद हार बेहोरेको छ । कलन्दर्ससँगको खेलमा स्टार क्रिकेटरआवद्ध वारियर्स ६६ रनले पराजित भएको हो ।

कलन्दर्सले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको वारियर्सले ९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि साम बिलिंग्सले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंका समेत रन बनाउन सकेनन् । आन्द्रे रसेल, डारेस स्यामी, सिकन्दर राजा, क्रिस ग्रिन जस्ता नाम चलेक खेलाडी भए पनि आफ्नो दोस्रो खेलमा नर्थन वारियर्सले फराकिलो हार बेहोर्न बाध्य भयो ।

बलिङमा कलन्दर्सका लाहिरु कुमारा, जर्ज गार्टनले ३–३, सीककुगेस प्रसन्ना र क्रिस जोर्डनले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कलन्दर्सले निर्धारित १० ओभरमा टम ब्यान्टनले ५३, जोर्डन क्लार्कले १५, कुकि रोञ्चीले १४, फिलिफ साल्टले ११ र क्रिस जोर्डनले नटआउट १० रनको योगदान दिए । बलिङमा क्रिस ग्रिन, नुवान प्रदीप, आन्द्रे रसेल र रायद इमरितले एक–एक विकेट लिए । 

टी–१० क्रिकेट लिग नर्थन वारियर्स भर्सेस कलन्दर्स

विशेष