खेल

टी–१० क्रिकेट लिगमा सन्दीप र पारसको टिम खेल्दै

टी–१० क्रिकेट लिगमा सन्दीप र पारसको टिम खेल्दै

काठमाडौंः यूएईमा जारी टी–१० लिगमा नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य पारस खड्का र सन्दीप लामिछानेआवद्ध टिम खेल्दै छन् ।

यी दुई खेलाडीको टिम एकअर्कासँग होइन फरक समयमा फरक टिमसँग खेल्दै छन् ।

सन्दीपआवद्ध कर्नाटक टस्कर्सले बंगला टाइगर्स र पारस सम्मिलित टिम अवुधावीले नर्थन वारियर्सको सामना गर्दैछ ।

कर्नाटक टस्कर्स र बगंला टाइगर्सबीचको खेल नेपाली समयअनुसार साँझ ७ः३० बजे र अवुधावी र नर्थन वारियर्सबीचको म्याच साँझ ५ः१५ बजेदेखि सुरु हुनेछ ।  

सन्दीपको टिमले पहिलो खेलमा दिल्ली बुल्सविरुद्ध जित हासिल गरिसकेको छ । यता पारसआवद्ध अवुधाबीले भने कलन्दर्ससँग ‘टाई’ म्याच खेल्दै अंक बाँडेको थियो ।

आज पनि दुवै नेपाली स्टार प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो छ । पहिलो खेलमा  दुवै खेलाडीले प्लेइङ ११ अवसर पाएका थिए । पारसले आफ्नो डेब्यू म्याचमा ३ बलमा अविजित ३ रन बनाएका थिए ।

अवुधावीले पहिलो म्याच बराबरी खेलेकाले प्लेइङ ११ मा पारसको सम्भावना बलियाे रहेका हाे ।

यता कर्नाटकले पनि सन्दीपलाई प्लेइङ ११ मा राख्न चाहन्छ । शनिबार पहिलो खेलमा दिल्लीविरुद्ध उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए ।

दिल्लीविरुद्ध सन्दीपले २ ओभरमा १९ रन दिँदै एक विकेट लिएका थिए । पारसको टिममा इंग्ल्याण्डका क्रिकेटर मोइन अलि र सन्दीपको कर्नाटकमा दक्षिण अफ्रिकी पूर्वक्रिकेर हासिम अमला कप्तान रहेका छन् ।

टी–१० क्रिकेट लिग

विशेष