मनोरञ्जन

यस प्रश्नको जवाफले मिस वर्ल्ड भईन ऐश्वर्या, २१ बर्षमा जितेकी थिइन् उपाधि !

यस प्रश्नको जवाफले मिस वर्ल्ड भईन ऐश्वर्या, २१ बर्षमा जितेकी थिइन् उपाधि !

आज बलिउडकी सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आफ्नो ४६ औं जन्मदिन मनाउँदै छिन्।

मिस वर्ल्डको उपाधि जित्नका लागि कुनै पनि महिला सुन्दर भएर मात्र पुग्दैन उसमा सोचविचार गर्ने क्षमता र दक्षता पनि हुनु जरुरी छ। जहा इन्डियन ब्युटीहरु मानुषी छिल्लर, सुस्मिता सेन र ऐश्वर्या राय यसका ज्वलन्त उदाहरण हुन्।  सन् २०१७ मा मिस वर्ल्डको उपाधि जित्न सफल मानुषीलाई उदारता र जागरुकता फैलाउने मिस वर्ल्डको नामले चिनिन्छ। 

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय पनि सन् १९९४मा मिस वर्ल्डको उपाधि जित्न सफल अभिनेत्री हुन्।  मिस वर्ल्ड हुनमा कस्तो गुण हुनपर्छ भन्ने प्रश्नको जवाफमा उनले दिएको यस्तो जवाफका कारण उनि मिस वर्ल्ड हुन सफल भएकी हुन्।  उनको उत्तर यस्तो थियो ' हाम्ले अहिलेसम्म जति पनि मिस वर्ल्ड देख्यौं उनीहरु सबैमा दया भाव थियो। उनीहरुसंग ठुलालाई मात्र होइन केहि नभएकालाई पनि सहयोग गर्न सक्ने खुबी थियो।  हामीले यस्ता मानिसलाई पनि देखेका छौं जो मानिसद्वारा निर्माण भएको राष्ट्रियता , कानुनबाट अगाडी देख्न सक्छन।  जब हामी ति सबै भन्दा माथि उठ्न सक्छौं तब मात्र एक सच्चा मिस वर्ल्ड बन्न सक्छौ।  एक असल नागरिक ' 

लामो समयदेखि चलचित्रमा नदेखिएकी ऐश्वर्या अब भने निर्देशक मणिरत्नमको नयाँ चलचित्रमा देखिने तयारीमा छिन्।   

 

 

ऐश्वर्या राय बच्चन

विशेष