खेल

वेस्ट इन्डिजविरुद्ध अफगानिस्तान विजयी, सिरिज बराबरी

वेस्ट इन्डिजविरुद्ध अफगानिस्तान विजयी, सिरिज बराबरी

काठमाडौंः वेष्ट इण्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा अफगानिस्तान ४१ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ ।

भारतको लख्नुउमा अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो । उसका लागि दिनेश रामदिनले नटअउट सर्बाधिक २४ रन बनाए ।

बलिङमा अफगानिस्तानका करिम जनतले ४ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यस्तै राशिद खान, नवीन उलहक र गुल्बन्दिन नाइबको नाममा एक–एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

उसका लागि हजरातउलाल्ह जाजई, करिम जनतले समान २६, गुल्बदीन नाइबले २४, नाजिबउल्लाह जाड्रानले अविजित २० रन बनाए । बलिङमा वेष्ट इण्डिजका केस्रिक विलियम्सले ३, किमो पाउल र जसन होल्डरले २–२ विकेट लिए ।

टी–२० क्रिकेट सिरिज वेष्ट इण्डिज भर्सेस अफगानिस्ता

विशेष