खेल

च्यालेन्जर्स ट्रफीः तेस्रो स्थानका लागि नेपाल र भारत ‘सी’ खेल्दै (स्कोरसहित)

च्यालेन्जर्स ट्रफीः तेस्रो स्थानका लागि नेपाल र भारत ‘सी’ खेल्दै (स्कोरसहित)

काठमाडौंः भारतमा भइरहेको च्यालेन्जर्स कप अन्तर्गत भारत ‘सी’ विरुद्धको खेलमा नेपाली यू–१९ टिमले टस हारेर बलिङ गरिरहेको छ । ६ ओभरको खेल सकिँदा नेपाललाई पहिलो सफलता मिलिसकेको छ ।

नेपाललाई पहिलो सफलता विवेक यादवले दिलाएका हुन् । उनले ओपनर अर्जुन ए आजदलाई १९ रनमा आउट गर्न सपल भएका हुन् ।

यो समाचार तयार पार्दासम्म भारतले १० ओभरमा महत्वपूर्ण एक विकेट गुमाएर ५१ रन बनाएको छ । स्कोरबोर्ड हेर्नका लागि यहाँ क्लिक गर्नुस्

जारी प्रतियोगितामा नेपालसहित भारतका ३ टिम खेलिरहेका छन् । प्रतियोगितामा नेपाल जितविहीन छ । नेपाल आज चौथो म्याच खेलिरहेको हो । 

फाइनल पुग्ने अवसरबाट चुकेको नेपालले आज तेस्रो स्थानका लागि भारत ‘सी’सँग खेलिरहेको हो ।  

समूह चरणका तीनै खेलमा पराजित नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । यस अघि पहिलो खेलमा नेपाल ‘सी’ टिमसँग १० विकेटले पराजित भएको थियो ।

यस्तै भारतको ‘ए’ सँग १ सय ७ रन र ‘बी’ टिमविरुद्ध २ विकेटले पराजित भएको थियो । 

नेपाल भर्सेस भारत च्यालेन्जर्स ट्रफी

विशेष