मुख्य समाचार

सचिन तेन्दुलकरद्वारा पशुपतिनाथको दर्शन

सचिन तेन्दुलकरद्वारा पशुपतिनाथको दर्शन

काठमाडौंः शुक्रबार राति नेपाल आएका चर्तित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले आइतबार बिहानै पशुपतिनाथको दर्शन गरेका छन् ।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो । सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुन् ।

उनले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेटसमेत खेलेका थिए । नेपालका पूर्व कप्तान विनोद दास र सचिनसहित बालबालिकाहरुले क्रिकेट खेलेका थिए ।

पशुपतिनाथ सचिन तेन्दुल्कर

विशेष