खेल

भारतद्वारा नेपाललाई २५९ रनको लक्ष्य (स्कोरबोर्डसहित)

भारतद्वारा नेपाललाई २५९ रनको लक्ष्य (स्कोरबोर्डसहित)

काठमाडौंः भारतमा भइरहेको च्यालेन्जर्स कप अन्तर्गत भारत ‘सी’ नेपाली युवा टिमलाई २ सय ५९ रनको लक्ष्य दिएको छ । टस जतेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनायो ।

उसका लागि शौरभ कुमारले नटआउट ५८, विक्रान्त सिंहले ५०, शुभांग समर्थ हेगडेदेले नटआउट ३६, आर्य एस सेठीले ३१, कुमार के कुशाग्राले २७, शाश्वत रावतले १७, अर्जुन ए आजदले १९, प्रदोष रञ्जन पलले १४ रन बनाए ।

बलिङमा सागर ढकालले १० ओभरमा ३७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै कुशलले २ र विवेककुमार यादवले एक विकेट हात पारे ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस् 

जारी प्रतियोगितामा नेपालसहित भारतका ३ टिम खेलिरहेका छन् । प्रतियोगितामा नेपाल जितविहीन छ । नेपाल आज चौथो म्याच खेलिरहेको हो । 

फाइनल पुग्ने अवसरबाट चुकेको नेपालले आज तेस्रो स्थानका लागि भारत ‘सी’सँग खेलिरहेको हो ।  

समूह चरणका तीनै खेलमा पराजित नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । यस अघि पहिलो खेलमा नेपाल ‘सी’ टिमसँग १० विकेटले पराजित भएको थियो ।

यस्तै भारतको ‘ए’ सँग १ सय ७ रन र ‘बी’ टिमविरुद्ध २ विकेटले पराजित भएको थियो । 

नेपाल भर्सेस भारत च्यालेन्जर्स कप

विशेष