अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

सरकारको भारतसंग शिर उठाएर संवाद गर्ने आँट छैन (भिडियोसहित)

सरकारको भारतसंग शिर उठाएर संवाद गर्ने आँट छैन (भिडियोसहित)

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित समग्र सीमा विवादबारे भारत सरकारसंग कुटनीतिक पहल सुरु भैसकेको दावी गरिरहेका बेला ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भने सरकारसँग स्वाभिमानपूर्वक वार्ता गर्ने आँट नै नभएको आरोप लगाएका छन् । 

नेपाल सरकार, यहाँका राजनीतिक दल र नेताहरुले फाट्टफुट्ट भारतको विरोध गर्दै नेपाली भूमि फर्काउने भाषण गरेपनि भारतसँग सिधा संवाद गर्न नसकेको उनको आरोप छ । भारतसँग प्रत्यक्ष उच्चस्तरीय संवाद गर्न नेपालले किन नसकेको भन्ने बारेमा उनी आफैं चकित छन् । 

अभियन्ता नेपाल भन्छन्– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर आफनो भूमि रक्षाका लागि कुरा गर्न के ले रोकेको छ ? कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने थुप्रै ऐतिहासिक प्रमाण र दस्तावेज हुँदाहुँदै पनि अहिलेसम्म वार्ताको पहल नहुनु शंकास्पद छ ।

">

नेपालले द्विपक्षीय वार्ता गरे भारत आफनो अडानबाट पछि हट्न सक्छ । होइन भने हामी अन्तर्राष्ट्रिय मञ्चमा जानुको विकल्प छैन । अन्तर्राष्ट्रिय मञ्चमा गए नेपालले पक्कै न्याय पाउनेछ । ’

जहाँसम्म भारतको नियतको कुरा छ, त्यो एकदमै स्पष्ट छ । नेपाललाई आफनो मुलुकमा गाभ्ने भारतको घोषित नीति नै हो । भारतका दस्तावेज, पुरानादेखि हालसम्मका अभिव्यक्ति र व्यवहारबाट यो पुष्टि हुँदै आएको छ । अहिलेको भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालका मित्र होइनन् । मोदी र उनको पार्टी पनि नेपाललाई कब्जा गर्न चाहन्छ ।

खासगरी रणनीतिक र जैविक महत्वका भू–भागमा उनीहरुले आँखा गाडेका छन् । नेपाललाई कुनैपनि हालतमा आफ्नो प्रान्त बनाउने भारतको योजना छ । यसका लागि सबैभन्दा पहिले नेपालमा आफना समर्थकहरुको बहुमत पुर्याउने उसको रणनीति छ । वर्षेनी धमाधम नागरिकता वितरण गरिनुको रहस्य यही हो । नेपालीका नाममा भारतीयलाई धमाधम नागरिकता वितरण गर्ने काम अहिले पनि जारी छ ।

जबसम्म भारतीय नागरिक वा समर्थकको बहुमत नेपालमा हुँदैन, तबसम्म यस्ता गतिविधि भैरहन्छन् । नेपाली अनुहार भएका नेता तथा कर्मचारीहरु नै भारतका लागि काम गरिरहेका छन् । चीन, अमेरिका र युरोपियनका एजेन्टहरु पनि नेपालमा प्रशस्त छन् । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली कुनै राष्ट्रवादी होइनन् । उनको राष्ट्रवादको मुकुण्डो उत्रिसकेको छ । उनी सतप्रतिशत भारत परस्त व्यक्ति हुन् । अहिले देशभर सीमा मिचिएको विरोध भइरहँदा ओली कुन गीत गाइरहेका छन् ? उनको पार्टी के गर्दैछ ? प्रधानमन्त्रीको हैसियतमा उनले भारतसंग गर्नुपर्ने डिल गरे ? 

">

जिन्दगीभर भारतको दलाली गर्ने केही दलहरु अहिले भारतको चर्को विरोध गरिरहेका छन् । यो देशको मायाले गरिएको विरोध होइन । उपनिर्वाचन लक्षित प्रचारवाजी मात्र हो । उपनिर्वाचनका लागि जनताको आँखामा छारो हाल्न सीमा अतिक्रमणको वाहनामा सडकमा आएका हुन् । भित्रभित्रै यी सबै मोदीको चाकडी गरिरहेका छन् । 

जहाँसम्म गोर्खा सैनिकको कुरा छ, एउटा भरोसा यो हो । भारतले नेपालमाथि थिचोमिचो कायम राखे गोर्खा सैनिकले भारततर्फ बन्दुक सोझ्याउन सक्छ । यसका लागि नेपालका प्रधानमन्त्रीले गोर्खा सैनिकलाई आह्वान गर्नुपर्छ । के यो तागत ओलीसंग छ ? 

नेपालको सीमा विवादबारे चीनले भारतसँग नेपालको समर्थन गरेको छ । नेपालले यसको फाइदा लिन सकेको छैन । उल्टो चीनले पनि नेपाली भूमि अतिक्रमण गर्यो भनेर ढोल पिटिरहेको छ । चीनले सीमा मिचेको हो भने नापी विभागले भन्नु पर्यो नि । नेपालका लागि चीन मित्र राष्ट्र हो भने भारत शत्रु राष्ट्र हो । 

">


 

 

कालापानी लिपुलेक लिम्पियाधुरा

विशेष