मुख्य समाचार

नेकपा सचिवालय बैठक बस्दै, कस्ता छन् छलफलका एजेण्डा?

नेकपा सचिवालय बैठक बस्दै, कस्ता छन् छलफलका एजेण्डा?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

उनका अनुसार शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवालय बैठक डाकेका हुन् ।

बैठकको तय भने शनिबार भइसकेको थियो । आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ ।

आजको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने नेकपाका एक नेताले बताए। त्यसबाहेक नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन् ।

नेकपा सचिवालय बैठक केपी शर्मा ओली एजेण्डा

विशेष