राशिफल

मङ्सिर २ गते सोमवार तपाईका लागि कस्तो रहेको छ ? हेर्नुहोस आजको राशिफल

मङ्सिर २ गते सोमवार तपाईका लागि कस्तो रहेको छ ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको २ गते सोमवार, तदअनुसार सन् २०१९ नोभेम्बर १८ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

मेष–

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। 

वृष–

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।  आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन–

मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।  वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 

कर्कट–

कुनै नया कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

सिंह–

आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला ।  घरायसी झैँ-झमेलामा परिएला । 

कन्या–

विचारले धेरैलाई आकर्षण गर्ने समय छ, साथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।  

तुला–

काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ।  व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।   दिन रमाइलो साथ बित्नेछ ।

वृश्चिक–

बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।  पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु–

आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । शत्रुहरुले गलत समयको फाइदा उठाउलान अलि सजक रहनुपर्ने छ।  

मकर–

काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । मनोरञ्जनमा सहभागी भइएला । 

कुम्भ–

सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मीन–

मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।  सामाजिक ,आम प्रतिष्ठामा वृद्धि हुनेछ।  

 

#Daily Horoscope

विशेष