खेल

इमर्जिङ एसिया कपः बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

इमर्जिङ एसिया कपः बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले टस हारेर ब्याटिङकाे माैका पाएकाे छ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार विहान ८ः४५ देखि सुरु हुँदैछ । 

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।  

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।  

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११ 

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी 

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी 
 

 

इमर्जिङ एसिया कप नेपाल भर्सेस बंगलादेश

विशेष