खेल

नेपालको विकेट पतन रोकिएन, शरद पनि सस्तैमा आउट (स्कोरसहित)

नेपालको विकेट पतन रोकिएन, शरद पनि सस्तैमा आउट (स्कोरसहित)

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले सस्तैमा ३ विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान शरद भेषवारलाई १ रनमा गुमाएको हो । उनलाई तनवीर इश्लामले आउट गरेका हुन् । यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई २२ र कुसल भुर्तेललाई १० रनमा गुमाइसकेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म १२.१ ओभरमा ३ विकेट  गुमाएर ४१ रन बनाएको छ ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११ 

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी

 

नेपाल भर्सेस बंगलादेश शरद भेषावकर एसीसी इमर्जिङ एसिया कप

विशेष