तस्बिरका कारण मजाकको पात्र भईन रानू मण्डल
एजेन्सी। स्वरकोकिला लता मंगेशकरको 'एक प्यार क नग्मा हैं' बोलको गीत गाएर रातारात स्टार भएकी हुन रानु मण्डल । सामाजिक संजालबाट भाइरल भएकी रानुलाई यतिखेर स्टारडम बचाईराख्न भ्याईनभ्याई नै परेको छ।
गायक संगीतकार हिमेश रेशमियाको चलचित्रका लागि गीत गाएपश्चात रानू सबैको प्रसंशाकी पात्र त् भईन नै यद्धपि उनलाई विभिन्न सिंगिंग रियालिटी शोजहरुमा गेस्टको रुपमा बोलाउन पनि थलियो।
बढ्दो ख्यातीसंगै रानुलाई सार्वजनिक समाहरोहमा पनि देख्ने गरिएको छ । हालै मात्र एक समारोहमा रानुको मेकओभर लुक देखिएको छ । जुन दर्शकका लागि बिल्कुलै कल्पनाभन्दा बाहिर रहेको थियो । उक्त इभेन्टमा रानूलाई लेहेंगा र ज्वेलरीमा देखिएको थियो । रानुको यस लुकमा उनको कपडा भन्दा पनि मेकअपलाई बढी हाईलाईट गरिएको छ। किनकी उनको मेकअप उनको नर्मल स्किन भन्दा बढी नै थियो।
सामाजिक संजालमा उनको मेकओभरवाला तस्बिर भाईरल भईरहेको छ। ट्रोलर्सहरु रानुको यस लुकको खुलेआम मजाक उडाईरहेका छन साथै उनीहरुले रानुको मेकअप आर्टिस्टलाई पनि ट्रोल बनाउन भने छोडेका छैनन।
तस्बिरमा कमेन्ट गर्दै एक युजरले लेखेका छन् रानुको तस्बिर मेरो भविश्य भन्दा पनि उज्यालो छ।
त्यस्तै अर्का एकजनाले लेखेका छन, रानूको मेकअप आर्टिस्टलाई त सन् २०२० को ओस्कार अवार्ड नै दिनुपर्छ