खेल

बंगलादेशविरुद्ध नेपालको शतक पूरा (स्कोर बोर्डसहित)

बंगलादेशविरुद्ध नेपालको शतक पूरा (स्कोर बोर्डसहित)

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेश विरुद्धसँगको खेलमा नेपालले १ सय रन पूरा गरेको छ । नेपालले ३३.४ ओभरमा ८ विकेट गुमाएर १ सय रन पूरा गरेको हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले ९० रन नबनाउँदै महत्वपूर्ण ८ विकेट गुमाउन पुग्यो । नेपालले आठौं विकेटका रुपमा विनोद भण्डारीलाई ८ रनमा गुमायाे ।

यसअघि नेपालले पवन सरार्फलाई ९, शरद भेषवारलाई १, दीपेन्द्रसिंह ऐेरीलाई ६, आरिफ शेखलाई ११, कप्तान ज्ञानेन्द्र मल्ललाई २२, कुसल भुर्तेललाई १० सन्दीप जाेरालाई शून्य रनमै गुमाइसकेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले ३७ ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । अहिले क्रिजमा सोमपाल कामी (३१) र करन केसी (९) छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११ 

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी

 

नेपाल भर्सेस बंगलादेश इमर्जिङ एसिया कप

विशेष