खेल

नेपालद्वारा बंगलादेशलाई १३९ रनको लक्ष्य

नेपालद्वारा बंगलादेशलाई १३९ रनको लक्ष्य

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत घरेलु टोली बंगलादेशलाई नेपालले १ सय ३९ रनको समान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनायो । 

नेपालका लागि सोमपाल कामीले ४ चौकाको मद्दतमा ६३ बलमा सर्बाधिक ३८ रन बनाए । बंगलादेशविरुद्ध करन केसी १८, विनोद भण्डारी ८, पवन सरार्फ ९, शरद भेषवाकर १, दीपेन्द्रसिंह ऐेरी ६, आरिफ शेख ११, कप्तान ज्ञानेन्द्र मल्ल २२, कुसल भुर्तेल १० र सन्दीप जोरा शून्य रनमै आउट हुन पुगे ।

बलिङमा बंगलादेशका मिनाजुल अबिदिन अफ्रिदी, सुमन खानले ३–३, तनवीर इश्लाम र मेहदी हसन रानाले समान २ विकेट लिए ।  

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११ 

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी

बंगलादेश भर्सेस नेपाल

विशेष